पोखरामा लागूऔषधसहित बालक प्रकाउ

पाेखरा | पुस ३, २०८०

पोखरामा लागूऔषधसहित बालक प्रकाउ बालकको साथबाट प्रहरीले बरामद गरेको लागूऔषध

पोखरा:  पोखरातर्फ आउँदै गरेको सवारी चेकजाँच गर्नेमा प्रहरीले पोखरा पोखरा महानगरपालिका-३० पावरहाउसबाट एक बालकलाई लागूऔषधसहित प्रकाउ गरेको छ । 


वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले पोखरा-३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा एक जना नाबालकलाई सोमबार लागूऔषधसहित प्रकाउ गरेको हो । 


प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिका-८ बस्ने १७ वर्षीय बालकको साथबाट डाईजापाम ८० एम्पुल, फेनारगन ७२ एम्पुल, नुर्फिन ७७ एम्पुल,नाईट्रोभ्याट ५ सय ७० चक्की, १ हजार नगद र एक थान मोबाइल बरामद गरेको हो । 


लागूऔषधसहित प्रकाउ परेका बालकलाई जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्